खेलमा फर्कियो नेपाल, २७ ओभरमा चार विकेट
दोस्रो ओभरमा पहिलो विकेट लिएपनि नेपाल १७ औं ओभरसम्म विकेटविहीनको अवस्थामा थियो ।
काठमाडौं, चैत २ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालको प्रर्दशन क्रमशः सुधार हुँदै गएको छ । टस जितेर ब्याटिङ गरिरहेको युएईको आक्रामक ब्याटिङ लाइन ब्रेक गर्दै नेपाल खेलमा पुनरागमन गरेको हो ।
खेलको २७ औं ओभर सकिँदा नेपालले चार विकेट लिएको छ । दोस्रो ओभरमा पहिलो विकेट लिएपनि नेपाल १७ औं ओभरसम्म विकेटविहीनको अवस्थामा थियो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विकेटको खडेरी तोड्दै १७ औं ओभरको दोस्रो बलमा युएईका कप्तान मोहम्मद वसिमलाई एलबिडब्लु आउट गरेपछि नेपाल लयमा फर्किएको हो ।
लगत्तै २२ औं ओभरको अन्तिम बलमा नेपालले तेस्रो विकेट लिएको थियो । दिपेन्द्र सिंह ऐरीको बलिङमा युएईका रिजवान रनआउट भएका थिए । त्यसपछि २६ औं ओभरमा ऐरीको बलिङमा युएईका आयान अफ्जल खान आउट भए । खानलाई ऐरीको बलिङमा गुल्सन झाले क्याच आउट गरेका छन् ।
खेलको ३१ औं ओभर सकिँदा युएई १४४ रन बनाएर खेलिरहेका छन् । क्रिजमा रोहन मुस्ताफा र वृत्तिय अरबिन्द छन् । नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।











