Kathmandu Press

पर्यटन वर्षको उद्घाटनले संसारभर उत्साह : मन्त्री भट्टराई

काठमाडौं, माघ ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटनले संसारभर उत्साह थपिएको बताएका छन्।

श....

पर्यटन वर्षको उद्घाटनले संसारभर उत्साह : मन्त्री भट्टराई

काठमाडौं, माघ ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटनले संसारभर उत्साह थपिएको बताएका छन्।

शुक्रबार नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) को ५३औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटनले विश्वभर उत्साह थपिएको बताएका हुन्। उनले अब विभिन्न देशमा प्रचारका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

‘नेपाल आउन सबै उमेर समूहका मानिसलाई खुल्ला छ, सबैले आफ्नो इच्छाअनुसार सुरक्षित रुपमा घुम्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ,’ मन्त्री भट्टराईले भने, ‘काठमाडौंको सिमित ठाउँमा रहेका पर्यटकलाई देशभर पुर्याउन हामी तयार छौँ।’

उनले अब छिट्टै दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेको बताउँदै  पर्यटकलाई लक्षित गरि ५३ वटै विमानस्थल सञ्चालन गरिने उनको भनाइ थियो।

उनले प्रदेश ५ का पर्यटन व्यवसायी तथा गण्डकी प्रदेशका व्यवसायीलाई पर्यटन प्रवद्र्धनमा तयारी रहन समेत उनले आग्रह गरे। यी दुई स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले  नाट्टाका सदस्य तथा पर्यटन व्यवसायीहरुलाई तयार रहन आग्रह गरेका हुन्।

अव सधै नेपालको पूर्वाधार छैन, विमानस्थल सानो छ भनेर गलत प्रचार नगर्न आग्रह गर्दै मन्त्री भट्टराईले देशका हरेक कुनाकाप्चामा पर्यटक पुग्ने विश्वास लिएको बताए।

उनले नाट्टाको प्रसंसा गरे। नेपालमा पर्यटन भित्र्याउन ट्राभल्स र टुर कम्पनीहरूको भूमिका अत्यन्तै उत्साहजनक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, माघ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्