Kathmandu Press

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

गएराति भएको दोस्रो लेगमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित हात पारेको हो।
रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं, चैत २ : रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। इंग्लिस क्लब लिभरपुललाई हराउँदै स्पेनिस क्लब रियल म्याड्रिडले अन्तिम आठमा स्थान पक्का गरेको हो। 

गएराति भएको दोस्रो लेगमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित हात पारेको हो। पहिलो लेगमा रियलले ५–२ को सानदार जित निकालेको थियो। सान्टियागो बर्नबेउमा गएराति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा रियललाई जिताउन कप्तान करिब बेन्जेमाले निर्णायक गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कप्तान बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो।  उनले खेलको ७८औं मिनेटमा गोल गरेका हुन्। गएरातीनै भएको अर्को खेलमा आइनट्राख्ट फ्रान्कफुटलाई हराउँदै नेपोली क्वाटरफाइनलमा पुगेको छ। क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ।

प्रकाशित मिति: ०७:३१ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्