Kathmandu Press

वर्षाले ए डिभिजन लिग प्रभावित, मच्छिन्द्र र हिमालयन शेर्पाको खेल एन्फा कम्प्लेक्समा

काठमाडौं, माघ ३ : बिहीबारदेखि निरन्तर वर्षा भएपछि शहीद स्मारक ए डिभिजन लिग पनि प्रभावित बनेको छ। आजबाट सुरु हुने लिगको सातौं चरणको पहिलो खेल वर्षाकै क....

वर्षाले ए डिभिजन लिग प्रभावित, मच्छिन्द्र र हिमालयन शेर्पाको खेल एन्फा कम्प्लेक्समा
फाइल फाेटाे

काठमाडौं, माघ ३ : बिहीबारदेखि निरन्तर वर्षा भएपछि शहीद स्मारक ए डिभिजन लिग पनि प्रभावित बनेको छ। आजबाट सुरु हुने लिगको सातौं चरणको पहिलो खेल वर्षाकै कारण दशरथ रंगशालाबाट एन्फा कम्प्लेक्स सातदोबाटो सारिएको छ।

शुक्रबार बिहानदेखि नै भारी वर्षा भएपछि दिउँसो ३ बजेका लागि दरशथ रंगशालामा तय भएको मच्छिन्द्र क्लब र हिमालयन शेर्पाबीचको खेल एन्फा कम्प्लेक्स सारिएको एन्फाले जनाएको छ।

भारी वर्षाका कारण दशरथ रंगशालामा खेल हुन नसक्ने देखिएपछि मच्छिन्द्र र हिमालयन शेर्पाबीचको खेल एन्फा कम्प्लेक्स सार्नुपरेको एन्फाले जानकारी दिएको छ।

शुक्रबारको खेल मच्छिन्द्र र हिमालयन दुवैका लागि महत्वपूर्ण छ। मच्छिन्द्र हिमालयन शेर्पाविरुद्ध स्पष्ट तीन अंक जोड्दै उपाधि दौडलाई थप बलियो बनाउने अभियानमा छ। यता, हिमालयन शेर्पा पनि बलियो मच्छिन्द्रविरुद्ध अंक खोस्दै रेलिगेसन जोनबाट माथि उठ्ने दाउमा छ।

पहिलो पटक लिग च्याम्पियन बन्ने अभियानसहित नेपाली फुटबलका अधिकांश स्टार खेलाडी क्लबमा ल्याएको मच्छिन्द्र अपराजित रहँदै लिगको शीर्ष स्थानमा छ। उसले ६ खेलमा चार जित र दुई बराबरी खेलेको छ। हिमालयन शेर्पा भने दुई जित मात्र निकाल्दै चार अंका साथ १३औं स्थानमा छ।

सातौं चरणमा को–को भिड्दै छन्?

माघ ३ गते

मच्छिन्द्र क्लब Vs हिमालयन शेर्पा (दिउँसो ३ बजे)

माघ ४ गते

नेपाल पुलिस क्लब Vs जावलाखेल युथ क्लब (दिउँसो १२ बजे)

मनाङ मस्र्याङ्दी Vs थ्री स्टार (दिउँसो ३ बजे)

माघ ५ गते

एनआरटी Vs एपिएफ (दिउँसो १२ बजे)

फ्रेन्ड्स Vs सरस्वती युथ क्लब (दिउँसो ३ बजे)

माघ ६ गते

ब्रिगेड बोइज Vs संकटा क्लब (दिउँसो १२ बजे)

च्यासल युथ Vs त्रिभुवन आर्मी क्लब (दिउँसो ३ बजे)

 

 

 

प्रकाशित मिति: १३:११ बजे, शुक्रबार, माघ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्