Kathmandu Press

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा छलफल

काठमाडौं, माघ : प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu....

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा छलफल
फाइल फाेटाे

काठमाडौं, माघ : प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीले बोलाएपछि अध्यक्ष प्रचण्ड र सभापति देउवा आज बिहान बालुवाटार पुगेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा उनीहरुबीच छलफल भइरहेको जनाएको छ।

द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

उनका अनुसार उनीहरुबीच यी आयोग र समसामयिक विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गहन छलफल भएको छ।

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, माघ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्