Kathmandu Press

ए डिभिजन लिग फुटबल : एपिएफकाे दोस्रो जित

बुधबार ललितपुरस्थित च्यासल मैदानमा टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो। एपिएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे।
ए डिभिजन लिग फुटबल : एपिएफकाे दोस्रो जित

काठमाडौं, चैत १ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपिएफ क्लबले दोस्रो जित निकालेको छ।

बुधबार ललितपुरस्थित च्यासल मैदानमा टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो। एपिएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे।

खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन्।  जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ। आर्मीको यो पहिलो हार हो। आर्मीले ४ खेलमा ५ अंक जोडेको छ।

प्रकाशित मिति: १६:३९ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्