नारायणगढ-मुग्लिन सडकमा पहिरो, एकतर्फी संचालन
चितवन, माघ ३ : गए रातिदेखि परिरहेको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। पहिरोले सडक संचालनमा समस्या भएको छ।
आज बिहान नार....

चितवन, माघ ३ : गए रातिदेखि परिरहेको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। पहिरोले सडक संचालनमा समस्या भएको छ।
आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ चारकीलोमा पहिरो खसेको हो। पहिरोले सडक अवरुद्ध भएको छ। काठमाडौं भित्रिने र बाहिरिने गाडीको लाम लागेको छ।
पहिरोका कारण सडक एकतर्फी मात्रै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ।
वर्षात्ले पहिरो पन्छाउने काम सुरू गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। यात्रुको सुरक्षालाई ध्यानमा राखेर एकतर्फी गाडी संचालन भइरहेको कोइरालाले बताए।











