Kathmandu Press

एउटा ट्याकलले ‘हिरो’ बनेका भालभर्डे 

काठमाडौं, माघ ३ :  रियल मड्रिडले हालै सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जित्यो । हुन त रियलले एट्लेटिकोलाई पे....

एउटा ट्याकलले ‘हिरो’ बनेका भालभर्डे 

काठमाडौं, माघ ३ :  रियल मड्रिडले हालै सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जित्यो । हुन त रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । तर, रियललाई सिजनको पहिलो उपाधि जिताउने ‘हिरो’ थिए फेडे भालभर्डे । जसलाई आजभोली भन्न थालिएको छ, ‘द बर्नबेउ आइडल ।’

गत आइतबार साउदी अरेबियामा दुई टोलीबीच भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकियो । थप गरिएको ३० मिनेटको समयको खेल २५ औं मिनेटमा चलिरहेको थियो । एट्लेटिकोका स्ट्राइकर आल्भरो मोरटाले काउन्टर अट्याकमा तिव्रगती बल रियलको डिबक्समा पु¥याएका मात्र के थिए, भालभर्डेले ट्याकल गरे । यदी भालभर्डेले ट्याकल नगरेका भए, सायद रियलले गोल खाने थियो । भलै भालभर्डेले मोरटामाथि खराब ट्याकल गरे, तर पनि उनी रियलको जितको नायक सावित भए।
 
भालभर्डे तीनै हुन्, जसलाई रियलले सन् २०१५ मा पाँच मिलियन यूरोमा अनुबन्ध गरेको थियो । त्यो बेला उनी १८ बर्षका थिए । तर, यो पाँच बर्षको अवधिमा उनले आफुलाई सेन्टियागो बर्नब्यूको ‘आइडल’कारूपमा उभ्याएका छन् । रियलले उनलाई डिपार्टिभो ला कोरूनामा लोनमा पठाउनुभन्दा अघि उनी कास्टिला (रियलको बी टिम)मा राम्रो गरेका थिए । तर, २०१८–१९ को सिजन सुरू हुनुभन्दा अघिसम्म उनले खासै अवसर पाएका थिएनन् । तत्कालिन प्रशिक्षक स्यान्टियागो सोलारीले उनलाई सिनियर टोलीमा थोरै मात्रै अवसर दिए । तर, जब रियलमा पुनः जिनेदिन जिदान आए तब उनले आफुलाई प्रमाणित गरिदिए। 

रियलले सन् २०१९ को समर ट्रान्सफर मार्केटमा भालभर्डेलाई राखेको थियो । जिदान म्यानचेस्टर युनाइटेडका पल पोग्बालाई भित्र्याउन चाहान्थे । र पोग्बालाई भित्र्याउन उनले भालभर्डेलाई ट्रान्सफर मार्केटमा राखेका थिए । तर, पोग्बालाई भित्र्याउने योजना सफल नभएपछि भालभर्डे फ्रेन्च कोचका लागि एक महत्वपूर्ण खेलाडीकारुपमा उदाए। 

सिजनको सामान्य सुरूवातका बाबजुद, च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन विरुद्ध शर्मानक हार र क्लब ब्रुगेसँग घरेलु मैदानमै रियलले खराब प्रर्दशन ग¥यो । तर रियलले अहिले आफ्नो सन्तुलत फिर्ता ल्याएको छ । रियलले अरबमा सिजनको पहिलो ट्रफी जितेको छ र भालभर्डे त्यसको केन्द्रमा छन्।
 
रियल मड्रिड आफ्नो लयमा फर्किएको छ । रियल ला लिगाको प्रमुख दावेदार हुनुको पछाडी भालभर्डेको प्रमुख भूमिका छ । मिडफिल्डमा उनको खेलले लुका मड्रिक बेन्चमा रहने सम्भावना बढेको छ । भालभर्डे र कासिमिरोले फिजिकल खेल खेल्दा टोनी क्रुसले प्लेमेकिङमा ध्यान दिएका छन् । त्यसमाथि इस्को फर्ममा फर्किएका छन्।
  
भालभर्डेको उदय पश्चात रियलले पोग्बाका लागि १५० मिलियन यूरो खर्च गर्ने चर्चा हालका लागि समाप्त भएको छ । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज राम्रा खेलाडी अनुबन्ध गर्न कत्तिपनि हिचकिचाउँदैनन् । सायल रियलले पोग्बालाई अनुबन्ध गर्न पनि सक्थ्यो । तर जब २०१७ मा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बार्सिलोनाबाट नेयमारलाई २२२ मिलियन यूरोमा अनुबन्ध ग¥यो । तब सरूवा बजारमा ठूलै परिवर्तन आएको छ । खेलाडीको मूल्य ह्वात्तै बढेको छ । यस्तो अवस्थामा रियलले पोग्बालाई महंगो मूल्य खर्चिएर अनुबन्ध गर्ने सम्भावना कमै छ।

भालभर्डेको उच्च प्रर्दशन हेर्दा लाग्छ तत्कालका लागि रियल खेलाडीको मामलामा आत्मनिर्भर छ । केवल पाँच मिलियन यूरो खर्च गरेर ल्याएका खेलाडीले रियललाई करिब १२० मिलियन यूरो बचाइदिका छन् । 
अहिले रियलको टोली अविश्वसनियरुपमा यूरोपका ठूला टोलीको प्रतिस्पर्धी बनेको छ । खासगरी जिदानको पुनरागमनको केही महिना पछि रियल निकै बलियोरुपमा देखा परेको छ । जिदानको दोस्रो इनिङको सुरुवातमा रियल कमजोर नै थियो । मिडफिल्डमा समस्या देखियो । तर, जिदानले त्यसको पहिचान तुरून्तै गरिहाले । र चालु सिजनको ला लिगाको छैटौं चरणको खेलमा उनले पहिलो पटक कासिमिरो र भालभर्डेलाई एक साथ खेलाए।
 
भालभर्डेको उदय कासिमिरोका लागि समेत सहज बनेको छ । कासिमिरो तीनै हुन् जसले रियलका हरेक खेल खेलेका छन् । डिफेन्सिभ मिडफिल्डर कासिमिरो को फिजिकल बोझ २१ बर्षिय भालभर्डेले कम गरिदिएका छन् । उनीहरुले १३ खेलमा सँगै खेलेका छन् र एक खेलमा पनि हार चाखेका छैनन् । नौ खेल जितेका छन् र चार खेल बराबरी खेलेका छन् । १३ खेलमा रियलले ३० गोल गरेको छ र केवल चार गोल खाएको छ । यो जोडीले रियलको डिफेन्स बलियो बनाइदिएका छन् । भालभर्डेको उदयले रियल साँच्चै बलियो बनेको छ। 

एजेन्सीहरुको सहयोगमा


 

प्रकाशित मिति: ०९:१० बजे, शुक्रबार, माघ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्