सभामुख चयनबारे छलफल गर्न काँग्रेसले बोलायो दलको बैठक
काठमाडौं, माघ ३ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ ।
कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देख....

काठमाडौं, माघ ३ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ ।
कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
“संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ”, उनले भने ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ । बैठक दिनको १ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
प्रकाशित मिति: ०८:१६ बजे, शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











