यूएईमा बस दुर्घटना, ३ नेपाली सहित ६ जनाको मृत्यु
काठमाडौं, माघ ३ : यूएईको आबुधाबीमा मिनिबस दुर्घटना हुँदा ३ नेपाली सहित ६ जनाकाृ मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकु....

काठमाडौं, माघ ३ : यूएईको आबुधाबीमा मिनिबस दुर्घटना हुँदा ३ नेपाली सहित ६ जनाकाृ मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।
दुर्घटना गम्भीर भएकाले शव पहिचान गर्न ढिलाइ भएको हो । अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५ः३० बजे दुर्घटना भएको हो ।
राजदूत कृष्णप्रसाद ढकाल र अन्य उच्च नेपाली अधिकारीहरु घाइते नेपालहरु भर्ना भएका माफराक र अन्य अस्पतालमा पुगेका छन् ।











