Kathmandu Press

ए डिभिजन लिग फुटबल : एफसी खुमलटारले दोस्राे जित

सोमबार ललितपुरस्थीत च्यासल मैदानमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटारले दोस्रो जित निकालेको हो।
ए डिभिजन लिग फुटबल : एफसी खुमलटारले दोस्राे जित

काठमाडाैं, फागुन २९ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले दोश्रो जित निकालेको छ।

सोमबार ललितपुरस्थीत च्यासल मैदानमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटारले दोस्रो जित निकालेको हो।

खुमलटारको जितमा मनीष थापा र स्टेफन समिरले एक एक गोल गरे। हिमालयनका विश्वास श्रेष्ठले एक गोल फर्काए। खेलको २१ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए। ६४ औं मिनेटमा समिरले गोल गर्दा खुमलटार २–० ले अघि रह्यो।

त्यसपछि खेलको ७९ औं मिनेटमा हिमालयनका विश्वासले गोल गरेपनि खुमलटार २–१ ले विजयी भयो।  जितसंगै खुमलटारले ४ खेलमा ६ अंक जोडेको छ। हिमालयनले ४ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्