Kathmandu Press

वीर गणेशमान स्पोर्टसले चैतमा दौड र बक्सिङ प्रतियोगिता गर्ने

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमिटीले चैत्र ११ गते शनिबार चौथौं बीर गणेशमान सिंह १० किमि दौड र चैत्र २१ गतदेखि २५ गतेसम्म बीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियाोगीता आयोजना गर्न लागेको जनाएको हो।
वीर गणेशमान स्पोर्टसले चैतमा दौड र बक्सिङ प्रतियोगिता गर्ने

काठमाडौं, फागुन २९ :वीर गणेशमान सिंह स्पोर्टस कमिटीले चैत्रमा १० किमि दौड र बक्सिङ प्रतियोगीता आयोजना गर्ने भएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमिटीले चैत्र ११ गते शनिबार चौथौं बीर गणेशमान सिंह १० किमि दौड र चैत्र २१ गतदेखि २५ गतेसम्म बीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियाोगीता आयोजना गर्न लागेको जनाएको हो।

काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुने १० किमि रोड रेसमा महिला र पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ भने महिला पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउने छन् त्यस्तै चौंथोले १० हजार र पाँचौंले ५ हजार पाउने छन्।

वसन्तपुरमा आयोजना हुने बक्सिङ प्रतियोगितामा महिला र पुरुषमा ६÷६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पाउने कमिटीले जनाएको छ। प्रतियोगीता सम्पन्न गर्न करिव ४५ लाख लाग्ने आयोजकको अनुमान छ। 

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्