Kathmandu Press

नेता कार्यकर्तासँग परामर्श गर्न छाडेर किन दिल्ली पुगे पौडेल?

काठमाडौं, माघ २ : कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रिय कार्यसमिति बहिष्कार गरेर नेता कार्यकर्ताहरुसँग परामर्श गर्ने घोषणा गरेका थिए । सोही....

नेता कार्यकर्तासँग परामर्श गर्न छाडेर किन दिल्ली पुगे पौडेल?

काठमाडौं, माघ २ : कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रिय कार्यसमिति बहिष्कार गरेर नेता कार्यकर्ताहरुसँग परामर्श गर्ने घोषणा गरेका थिए । सोही अनुसार उनले अघिल्लो हप्ता कांग्रेस जिल्ला सभापतिहरुका भेला बोलाए । पार्टीमा बहुमतिय निर्णय भएको भन्दै जिल्ला सभापतिहरुसँग सुझाव मागे। त्यस लगत्तै बिभिन्न क्षेत्रका बुद्धिजिहरुसँग पनि परामर्श गरे ।

पौडेलले जिल्ला जिल्ला पुगेर कार्यकर्ताहरुसँग पार्टीको विषयमा छलफल र परामर्श गर्ने बताएका थिए । तर गत मंगलबार उनी एक्कासी दिल्ली पुगे र दिल्लीमा उनले रक्षा मन्त्री राजनाथ सिहसँग भेट गरे। उनी आफैले सिहसँगको भेटको तस्वीर सामाजिक संचालमा राखे। जिल्ला जान छाडेर किन भारतीय नेताहरुलाई भेट्न दिल्ली पुगे भन्ने विषयमा केही कांग्रेस नेताहरुले प्रश्न उठाएका छन्। ‘पार्टीको आन्तरिक विवाद मिलाउन जिल्ला जिल्ला गएर परामर्श गर्ने घोषित कार्यक्रम छोडेर रामचन्द्र दाई दिल्ली गएर राम्रो सन्देश गएन’ महामन्त्री शशांक कोइराला निकट एक केन्द्रिय सदस्यले काठमाडौं प्रेससँग भने, ‘यहिले दिल्लीको भ्रमण गरेर त्यहाँका नेताहरुलाई भेट्ने समय होईन ।’

पौडेलले नेताहरुसँग स्वास्थ्य उपचारका लागि आफु दिल्ली जान लागेको बताएका थिए। तर दिल्ली पुगेर उनले गृह मन्त्रीसँग भेट गरेपछि उनी पक्षिय केन्द्रिय सदस्यहरुलेनै प्रश्न उठाएका हुन्। ‘पार्टीको विवादका विषयमा परामर्श गर्ने भनेर सभापतिसँग झगडा गरेर बैठक बहिस्कार गर्ने अनि दिल्ली जादा के सन्देश जान्छ?’ एक अर्का केन्द्रिय सदस्यले प्रश्न गरे। 

पौडेल दिल्लीमा स्वास्थ्य उपचारको लागि गएको बताएपनि विहिबारसम्म उनको उपचार वा परिक्षण भएको छैन। राजनाथ सिहसँगकाे भेटमा दुईदेशबीचकाे सम्वन्ध र सममामयिक राजनीतिका विषयमा छलफल भएकाे उनले जनाएका छन्।


 

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, माघ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्