Kathmandu Press

इंग्लिस प्रिमियर लिगमा आर्सनलको सानदार जित

अंकतालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले घरेलु टोली फुलहमलाई ३–० ले पराजित गरेको हो । आर्सनलले ३ वटै गोल पहिलो हाफमा नै गर्‍यो। आर्सनलका लागि गाब्रिएल, गाब्रिएल मार्टिनेली र कप्तान मार्टिन ओडेगार्ड १–१ गोल गरे। 
इंग्लिस प्रिमियर लिगमा आर्सनलको सानदार जित

काठमाडौं, फागुन २९ : इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लन्डन क्लब आर्सनलले सानदार जित निकालेको छ। 

अंकतालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले घरेलु टोली फुलहमलाई ३–० ले पराजित गरेको हो । आर्सनलले ३ वटै गोल पहिलो हाफमा नै गर्‍यो। आर्सनलका लागि गाब्रिएल, गाब्रिएल मार्टिनेली र कप्तान मार्टिन ओडेगार्ड १–१ गोल गरे। 

यो जितसँगै शीर्ष स्थानमा रहेको आर्सनले ५ अंकको अग्रता लिएको छ।  आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी सिटीको ६१ अंक छ। पराजित फुलहम ३९ अंक जोडेर ८औं स्थानमा छ।

प्रकाशित मिति: ०८:४४ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्