Kathmandu Press

क्यान सञ्चालक समितिवाट खरेल र श्रेष्ठलाई हटाईयो

काठमाडौं, माघ २ :  नेपाल सरकारले नागरिक उडड्यन प्राधिकरण (क्यान) सञ्चालक समितिवाट विमान कम्पनीका दुई प्रतिनिधिलाई हटाउने निर्णय गरेको छ।

<....
क्यान सञ्चालक समितिवाट खरेल र श्रेष्ठलाई हटाईयो

काठमाडौं, माघ २ :  नेपाल सरकारले नागरिक उडड्यन प्राधिकरण (क्यान) सञ्चालक समितिवाट विमान कम्पनीका दुई प्रतिनिधिलाई हटाउने निर्णय गरेको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले क्यान सञ्चालक समितिको सदस्य रहेका सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य भएका हिमालय एयरलाइन्सका बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठलाई हटाएको हो। तर श्रेष्ठले भने यसअघिनै आफुले राजिनामा  दिएकाे बताएका थिए। 

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बुधबार गरेको पत्रकार सम्मेलनमा यूरोपियन यूनियम (इयु) ले नेपालाई लामो समयदेखी कालोसूचिमा राखेको भन्दै सरोकारवालाको आग्रहमा विमान संचालकका प्रतिनिधिलाई क्यानको सदस्यवाट हटाउने निर्णय गरेको बताए । 

उनले नेपाल नागरिक उडड्यन प्राधिकरण एने २०५३ को दफा १३ को उपदफा १ को च मा निजी क्षेत्रका समेत गरि वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालक हरुमध्येवाट नेपाल सरकारवाट मनोनित दुई जना सदस्य हटाउने बताएका हुन्।

केही समय अघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उडड्यम मन्त्री योगेश भटराईको आग्रहमा हिमाल एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठे सञ्चालक समितिवाट राजिनामा दिएका थिए। श्रेष्ठले राजिनामा दिएपनि खरेलले भने दिएका थिएनन्।  

त्यस्तै सरकारले उनिहरुलाई हटाएर क्यान एनेको उपदफा १ को ङ मा भएको व्यवस्था अनुसार नागरिक उडड्यन सम्बन्धमा विशेष योग्यता हासिल गरेको व्यक्तिमध्येवाट कम्तीमा एकजना महिला सहित नेपाल सरकारवाट मनोनित दुईजना सदस्य रहने गरि कायम गर्ने निर्णय गरिएको छ।

उडान सेप्टी सम्बन्धी अन्तराष्ट्रिय क्षेत्रले प्रश्न उठाएर नेपाली विमानलाई यूरोप प्रवेशमा रोक लगाएको भन्दै कालो सचूवाट हट्नका लागि सरोकारवालाले उक्त बिषय उठाईरहेको हुदा हटाउने निर्णय गरिएको हो।

उनले सरकारले नेपाल भ्रमण बर्ष २०२० लाई मध्येनजर गर्दै क्यान सञ्चालक समितिमा विज्ञलाई राख्ने निर्णय गरिएको बताएका छन्।

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, माघ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्