Kathmandu Press

न्युरोड-आर्मी ३-३ गाेल र मनाङ मर्स्याङदी-मछिन्द्र गाेलरहित बराबरी

आइतबार च्यासल मैदानमा भएको खेलमा एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेलेका हुन्।
न्युरोड-आर्मी ३-३ गाेल र मनाङ मर्स्याङदी-मछिन्द्र गाेलरहित बराबरी

काठमाडौं, फागुन २८ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्।

आइतबार च्यासल मैदानमा भएको खेलमा एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेलेका हुन्। खेलको १५ औं मिनेटमा नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ५२ औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए।

५७ औं मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दा एनआरटी २–१ ले अघि रह्यो। खेलको ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३–१ ले अघि रह्यो।

तर खेलको ६८औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३–२ को स्थितिमा ल्याए। खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३–३ गोलको बराबरीमा ल्याए। बराबरीसँगै एनआरटीले ३ खेलमा १ अंक जोडेको छ। आर्मीले ३ खेलमा ५ अंक जोडेको छ।

त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

यस बराबरीसँगै कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले ३ खेलमा ५ अंक जोडेको छ। साविक विजेता मछिन्द्रले भने पहिलो अंक जोडेको छ। मछिन्द्रले ३ खेलमा १ अंक जोडेको छ। प्रतियोगीता अन्तर्गत सोमबार हिमालयन शेर्पा र खुमलटार क्लव तथा थ्री स्टार र सातदोवाटोबीच प्रतिष्पर्धा हुनेछ। 

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्