Kathmandu Press

प्रधानमन्त्री ओली र प्रचण्ड पाँच दिनपछि छलफलमा

काठमाडौं, माघ २ : सभामुख चयनको विषयले बढेको दूर कम गर्न नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा ज....

प्रधानमन्त्री ओली र प्रचण्ड पाँच दिनपछि छलफलमा
फाइल फाेटाे

काठमाडौं, माघ २ : सभामुख चयनको विषयले बढेको दूर कम गर्न नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।

अध्यक्षद्वय ओली र प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेको जनाएको छ। सभामुखको विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।

नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन। तीन पटक सूचना टाँसेर स्थगित गरिएको संसद् बैठक माघ ६ गते बोलाइएको छ।

त्यसअघि सभामुखको टुंगो लगाउन ओली र प्रचण्डबीच छलफल भइरहेको जनाएको छ।

नेकपामा कसलाई सभामुख बनाउने भन्ने विषयमा विवाद रहेको छ। प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुभाष नेम्वाङलाई र अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन खोजेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी भने उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई सभामुख बनाउनु पर्ने पक्षमा छिन्।

यस अघि नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न निर्देशन दिने निर्णय गरेकाे थियाे। तर उनले सभामुखकाे उम्मेदवार चयन नहुँदासम्न राजीनामा नदिने अडान लिएकी छन्।

 

प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, माघ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्