Kathmandu Press

२६ वर्षीया सुनीताले जन्म दिइन् चार सन्तान

पोखरा, माघ २ : स्याङ्जाकी एक युवतीले बिहीबार चार सन्तानलाई जन्म दिएकी छन्।

बिहीबार पोखराको मनिपाल शिक्षण अस्पतालमा स्याङ्जाको पुतलीबजार नगरप....

२६ वर्षीया सुनीताले जन्म दिइन् चार सन्तान
खिम लामिछाने काजीकाे फेसबुकबाट

पोखरा, माघ २ : स्याङ्जाकी एक युवतीले बिहीबार चार सन्तानलाई जन्म दिएकी छन्।

बिहीबार पोखराको मनिपाल शिक्षण अस्पतालमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले चार सन्तानलाई जन्म दिएकी हुन्।

उनले तीन छोरी र एक छोरा जन्म दिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार, चारै शिशु र आमाको अवस्था सामान्य रहेको छ। उनी आइतबार अस्पताल भर्ना भएकी थिइन्।

बिहीबार बिहान उनको शल्यक्रिया गरिएको हो। डा.महेन्द्र पाण्डेको नेतृत्वको सात जना चिकित्सकको टोलीले शल्यक्रिया गरेर चार शिशुको जन्म दिएको अस्पतालले जनाएको छ। शल्यक्रिया गर्न ४० मिनेट लागेको डा.पाण्डेले बताए।

पहिलो शिशु ९ः४९ बजे जन्मिएको हो। त्यस्तै, दोस्रो, तेस्रो र चौथोलार्य ९ः५० बजे जन्मिएका हुन्। पहिलो १.५ केजी, दोस्रो १.३ केजी, तेस्रो १.३ र चौथो १.४ केजीको रहेको अस्पतालले जनाएको छ।

सुनीता दाेस्राे पटक सुत्केरी भएकी हुन्। उनको पाँच वर्षको छोरा छ।

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, माघ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्