नेपाली बलरसामु निरीह युएई, १७ ओभरमा गुमायो ७ विकेट
खेलको १९ औं ओभर सकिँदा युएई ७ विकेटकाे क्षतिमा ५५ रन बनाएर खेलिरहेको छ ।
काठमाडौं, फागुन २८ : युएईविरुद्ध नेपालले घातक बलिङ गरेको छ ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा नेपालले युएईलाई निरन्तर दबाबमा राखेको छ । खेलको १७ औं ओभरमा ७ विकेट गुमाएर ५१ रनमात्रै बनाएको युएई नेपाली बलरसामु निरीह देखिएका छन् ।
नेपालका लागि ललितनारायण राजवंशीले तीन विकेट लिएका छन् । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिएका छन् भने दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एकएक विकेट लिए।
राजवंशीले पहिलो ओभरको अन्तिम बलमा युएईका ओपनर वृत्य अरबिन्दलाई आउट गरेका थिए । लगत्तै दोस्रो ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले आयान लाक्रालाई बोल्ड गरे ।
तेस्रो विकेट पनि ललित नारायण राजवंशीले नै लिए । उनले चौथो ओभरको चौथो बलमा युएईका कप्तान मोहम्मद वसिमलाई पबेलियनको बाटो देखाइदिएका थिए ।
लगत्ते पाँचौं ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनर आशिफ खानलाई पवेलियनको बाटो देखाए । खानलाई सोमपालको बलिङमा आशिफ सेखले क्याच आउट गरेका थिए ।
त्यसपछि विकेटको खडेरी तोड्दै १३ औं ओभरमा सन्दीप लामिछानेले रोहन मुस्ताफालाई एलबिडब्लु आउट गरे । १६ औं ओभरको पहिलो बलमा पुनः ललित नारायण राजवंशीले युएईका आयान अफ्जल खानलाई आउट गरे । लगत्तै १७ औं ओभर लिएर आएका सन्दीप लामिछानेले जवर फरिदलाई आउट गरे ।
खेलको १९ औं ओभर सकिँदा युएई ५५ रन बनाएर खेलिरहेको छ ।











