श्रीमानको कुटपिटबाट २१ वर्षीया ममताको मृत्यु
जुम्ला, फागुन २८ : जुम्लामा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भने।
प्रकाशित मिति: ११:५९ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१