बी एन्ड सी मेडिकल संचालक प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
भक्तपुर, माघ २ : बी एन्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
उनले पत्रकार सम्मेलन ....

भक्तपुर, माघ २ : बी एन्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
उनले पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका अध्यक्ष डा.श्रीकृष्ण गिरीले मेडिकलको अनुमितका लागि २० करोड घुस मागेको आरोप लगाएका थिए।
त्यसका विरुद्ध डा.गिरीले भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। प्रसाईले आफ्नो मानहानी गरेको डा.गिरीको दाबी थियो।
त्यसमा जिल्ला अदालतले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो।
अदालतको अनुमति पछि आजै बिहान प्रहरी उनको निवास पुगेको थियो। तर, उनी नभेटिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











