Kathmandu Press

‘ए’ डिभिजन लिग फुटबल : संकटाले पहिलो जित

च्यासल मैदानमा शनिबार नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो। संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे।
‘ए’ डिभिजन लिग फुटबल : संकटाले पहिलो जित

काठमाडौं, फागुन २७ : राजधानीमा जारी सहिद स्मारक 'ए’ डिभिजन लिग फुटबलमा संकटाले पहिलो जित निकालेको छ।

च्यासल मैदानमा शनिबार नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो। संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे।

संकटाका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा गणेशले गरेका थिए भने खेलको ८० औं मिनेटमा रोशनले दोश्रो र ८६ औं मिनेटमाा सुरजले गोल गरेका थिए।

जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ। पुलिसको यो लगातार तेस्रो हार हो। पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबले  गोलरहित बराबरी खेलेका छन्। यस बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ। जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्