बालुबाटार जग्गा प्रकरणमा संलग्न शोभाकान्त ढकालको घरमा बम बिस्फोट
काठमाडौं, माघ १ : ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ।
बुधबार साँझ सानो भर्याङस्थित ढ....

काठमाडौं, माघ १ : ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ।
बुधबार साँझ सानो भर्याङस्थित ढकालको घरमा बम विस्फोट भएको हो । घरको गेटमा भएको विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटना साँझ ७ बजेर ५५ मिनेटमा भएको थियो।
घटनामा विप्लव माओवादीको हात रहेको प्रहरीको आशंका छ। विस्फोट आसपास क्षेत्रमा विप्लव समूहको पर्चा फेला परेको छ। उक्त पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ।
प्रकाशित मिति: २१:५७ बजे, बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











