Kathmandu Press

'ए’ डिभिजन लिग फुटबल : थ्री स्टारद्वारा एफसी खुमलटार पराजित

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले हराएको हो। थ्री स्टारको जित अजयी मार्टिन्सले दुई गोल गरे। तर दुवै गोल दोस्रो हाफमा भएको थियो।
'ए’ डिभिजन लिग फुटबल : थ्री स्टारद्वारा एफसी खुमलटार पराजित

काठमाडौं, फागुन २६ : राजधानीमा जारी सहिद स्मारक 'ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले हराएको हो। थ्री स्टारको जित अजयी मार्टिन्सले दुई गोल गरे। तर दुवै गोल दोस्रो हाफमा भएको थियो।

खेलको ५४औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । थ्री स्टारको यो पहिलो जित हो ।

जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ । नवप्रवेशी क्लब खुमलटारको यो दोस्रो हार हो। खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ।

प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्