Kathmandu Press

वडाध्यक्षको तलब स्थानीयलाई

गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवासुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धताअनुसार बिहीबार  वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन्। 
वडाध्यक्षको तलब स्थानीयलाई

पर्वत, फागुन २६ : पर्वतको फलेवास नगरपालिका–९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलबसुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गरेको छ।

गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवासुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धताअनुसार बिहीबार  वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन्। 

Hardik ivf

उनले तलबबापतको रू एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रू तीन हजारदेखि १० हजारसम्म वितरण गरेका हुन्।

'मैले यसअघि गरेको प्रतिबद्धता अनुसार  मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु', उनले भने, 'अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु।' 

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्