६ महिनाको बजेट रिपोर्ट : कार्यन्वयन फितलो, पूजिगत खर्च १३ प्रतिशत मात्रै
काठमाडौं, माघ १ : सरकारले आर्थिक बर्षको पहिलो ६ महिना बित्दा समेत बजेट कार्यान्वयनमा अपेक्षित सफलता देखिन सेको छैन।
चालु आर्थिक ब....

काठमाडौं, माघ १ : सरकारले आर्थिक बर्षको पहिलो ६ महिना बित्दा समेत बजेट कार्यान्वयनमा अपेक्षित सफलता देखिन सेको छैन।
चालु आर्थिक बर्षको ६ महिना सकिदा पूँजीगत तथा विकास खर्चमा खासै प्रगति भएको छैन्। सरकारले पूँजीगत खर्च बढाउन विभिन्न उपाय अवलम्बन गरेपनि ६ माहिनामा चालु तर्फ ३२ दशमलव ३५ प्रतिशत खर्च हुदा पूँजीगत तथा विकाश खर्च १३ दशमलव ७२ प्रतिशत मात्रै भएको छ।
कर्मचारीको तलब, भत्ता तथा प्रशासनिक खर्चका लागि विनियोजित रकममा झण्डै तीन खर्ब खर्च हुदा विकास खर्च भने ५८ अर्ब मात्रै भएको देखिन्छ।
महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार विकास खर्चमा कुल अनुमानित खर्चको १३ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको छ। चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो। जसमा ६ महिना वितिसक्दा उपेक्षित उपलव्धी हासिल गर्न सकेको छैन्।
त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ को छ महिनामा सरकारी खर्च २५ दशमलव ८१ प्रतिशत भएको छ। वार्षिक विनियोजन १५ खर्ब ३२ अर्ब रुपैयाँमध्य यो अवधिसम्म कुल ३ खर्ब ९५ अर्ब ६७ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ।
यसमध्ये चालु खर्च ३ खर्ब ९ अर्ब र पुँजीगत खर्च ५८ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। आम्दानी र खर्च दुवैको हिसाबले संघीय सरकार बजेट कार्यान्वयनमा कमजोर देखिएको हो।
वित्तीय व्यवस्थातर्फ सरकारले २७ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको छ। यो रकम कूल विनियेजन १ खर्ब ६७ अर्ब रुपैयाँको १६.५० प्रतिशत हो। विकास खर्चको तुलनामा तीन गुढा चालु खर्चमा बृद्धि भएको देखिन्छ।
पुस मसान्त सम्ममा सरकारले ३८ दशमलव ९५ प्रतिशत राजस्व संकलन गरेको छ। यसअघि लक्ष्यअनुसारको राजस्व उठाउन नसकेको सरकारले पुस महिनामा भने लक्ष्य भन्दा बढी राजस्व जम्मा गरेको छ।
अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीकाअनुसार पुसमा १ खर्ब ३६ करोड लक्ष्य लिएकोमा १ खर्ब ३७ अर्ब ५६ करोड संकलन भएको छ। पुसमा उल्लेख्य राजस्व उठेसँगै राजस्वको वृद्धिदर १३ प्रतिशत पुगेको छ। यसअघि ३ प्रतिशतका दरले राजस्वको वृद्धि भएको थियो।
भन्सार राजस्व लक्ष्य अनुसार नउठेपनि आयकरको पहिलो किस्ता बुझाएका कारण राजस्व बढेको खत्रीले जानकारी दिए । त्यस्तैे गैह्र कर आम्दानी तर्फ ४० दशमलव ०३ प्रतिशत उपलब्धी भएको छ। १ खर्ब २ अर्ब ८७ करोडको बार्षिक लक्ष्यमा हालसम्म २४ अर्ब २६ करोड मात्रै गैर्ह कर आम्दानी भएको छ।
त्यस्तै चालु आर्थिक बर्षमा ५७ अर्ब ९९ करोड अनुदान सहयोग लिने लक्ष्य रहेकोमा हालसम्म शून्य रहेको छ। सरकारले यस आर्थिक वर्षमा ११ खर्ब ७० अर्ब भन्दा बढी रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।











