Kathmandu Press

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग

आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले आज उक्त माग गरेको हो। 
उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग

काठमाडाैं, फागुन २५ : स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ।

आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले आज उक्त माग गरेको हो। 

Hardik ivf

अभियानको स्मरणपत्रमा संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपतिमा पुरूष हुने निश्चित् भएकाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्र हुन पाउनुपर्ने जिकिर गरे।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतपरिणाम प्राप्त भई विजयी उम्मेदवारले प्रमाणपत्र पाइसकेपछि उपराष्ट्रपतिको उम्मेदवारको योग्यता आयोगले निर्णय गर्ने क्रममा उक्त मागपत्र सहयोगी हुने बताए। 

उपराष्ट्रपति निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्