Kathmandu Press

आगलागीमा तीन घर जलेर नष्ट

सप्तरी, माघ १ : सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।

तिलाठी कोलाडी–७ मा स्थानीय देवनारा....

आगलागीमा तीन घर जलेर नष्ट

सप्तरी, माघ १ : सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।

तिलाठी कोलाडी–७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो अन्य घरमा पनि सरेको हो। उनको घर जलेर नष्ट भएको छ।

त्यस छेउका सूर्यनारायण साह र तेजनारायण साहको घर पनि जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ। आगलागी भने गाईगोठमा बालेको आगोबाट भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार, आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ। आगोलाई स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको हो।

यसैबीच आगलागी भएको ठाउँमा पीडितका लागि तत्काल राहत दिनका लागि चिउरा, भुजिया, भुजा तथा त्रिपाल सहयोगका लागि गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए।

प्रकाशित मिति: १२:४० बजे, बुधबार, माघ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्