Kathmandu Press

आजदेखि बैकमा पैसा जम्मा गर्दा तीन पुस्ते चाहिने, सम्पत्ति शुद्धिकरणको सिधै निगरानी

काठमाडौं, माघ १ : आजदेखि सबै वाणिज्य बैंकहरुले गोएमएल (कम्प्युटर सफ्टवयर) प्रणाली लागु गरेका छन्। राष्ट्र बैकको निर्देशनमा सम्पत्ति शुद्धिकरण निवारणका....

आजदेखि बैकमा पैसा जम्मा गर्दा तीन पुस्ते चाहिने, सम्पत्ति शुद्धिकरणको सिधै निगरानी

काठमाडौं, माघ १ : आजदेखि सबै वाणिज्य बैंकहरुले गोएमएल (कम्प्युटर सफ्टवयर) प्रणाली लागु गरेका छन्। राष्ट्र बैकको निर्देशनमा सम्पत्ति शुद्धिकरण निवारणका लागि भन्दै २८ वटै बाणिञ्य बैंकहरुले गोएमएल सफ्टवेयर लागू गरेका हुन्।

यो प्रणाली लागू भएपछि बैकमा नगद र चेक साट्न र जम्मा गर्न तीन पुस्ते बुझाउनु पर्ने र स्रोतसमेत खुलाउनु पर्ने हुन्छ। माघ १ देखि बाणिञ्य बैकहरुमा लागू भएको यो प्रणाली विस्तार विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागू गर्ने राष्ट्र बैंकको तयारी छ।

आजदेखि नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि देखाउनु पर्नेछ र बैकहरुले त्यसको प्रतिलिपि अनिवार्य राख्नु पर्नेछ।

गोएमएल प्रणाली सम्पत्ति शुद्धिकरण निवारणका लागि उपयुक्त हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रयोग हुदै आएको छ। यो प्रणालीबाट राष्ट्र बैक र सम्पत्ति शुद्धिकरण विभागले सिधै अनुगमन गर्न सक्ने छन्।

उक्त सफ्टेवयर कार्यान्वयनमा ल्याए पश्चात बैंकहरुले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गरेका छन्। यो सिस्टम लागू भए अवैध रकम कसैले जम्मा गर्न नसक्ने र अनावश्यक रुपमा कसैले जम्मा गरेमा सम्पत्ति शुद्धिकरणले सहजै पहिचान गरी कारबाही गर्न सक्नेछ।

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, माघ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्