Kathmandu Press

नेपाल ओडिआई वरीयतामा २ स्थानमाथि उक्लियो

नेपाल ओडिआई वरीयतामा २ स्थानमाथि उक्लियो

काठमाडाैं, फागुन २४ : पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमको एकदिवसीय वरीया सुध्रिएको छ। आईसिसी विश्वकप लिग–२को पछिल्ला २ त्रिकोणात्मक सिरिजका ८ मध्ये ७ खेल जितेपछि नेपाल एकदिवसीय वरीयतामा २ स्थानमाथि उक्लिएको हो। 

आईसीसीको नयाँ अपटेडअनुसार नेपाल दुई स्थानमाथि उक्लँदै १७औं स्थानमा आएको छ। यसक्रममा नेपालले यूएई र अमेरिकालाई पछि पारेको छ।

लिग–२अन्तर्गत नेपालले घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियाबीचको सिरिजका चारै खेल जितेको थियो भने गत सातामात्र दुबईमा भएको युएई र पपुवा न्युगिनीसँगको सिरिजका ३ खेलको जितेको थियो।

अब नेपालले भोलीदेखि घरेलु मैदानमा युएई र पपुवा न्युगिनीसँग लिग–२को अन्तिम त्रिकोणात्मक सिरिज खेल्दै छ। यो सिरिजको चारै खेल जित्न सके नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्ने छ। 

आईसिसीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ। यस्तै, अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो, इंग्ल्यान्ड चौथो र पाकिस्तान पाँचौं स्थानमा छन्।

प्रकाशित मिति: २०:०९ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्