Kathmandu Press

कालापानी अतिक्रमणको विरोधमा राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन

काठमाडौं, माघ १ : भारतले सीमा अतिक्रमण गरेको विरोधमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि नेपालीले प्रदर्शन गरेका छन्।

भारतले केही महिना अघि ....

कालापानी अतिक्रमणको विरोधमा राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन
प्रेम बानियाँकाे फेसबुकबाट

काठमाडौं, माघ १ : भारतले सीमा अतिक्रमण गरेको विरोधमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि नेपालीले प्रदर्शन गरेका छन्।

भारतले केही महिना अघि नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभागमा पारेर नक्सा सार्वजनिक गरेको थियो। त्यसको नेपालमा व्यापक विरोध भएको थियो।

यसकै विरोधमा न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरिएको हो। न्यूयोर्कमा रहेका नेपालीले प्रदर्शन गरेका हुन्।

उनीहरुले भारतले अतिक्रमण गरेको नेपाली भूमि छोड्नु पर्ने माग गरेका छन्। यसका लागि संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गरिएको जनाएको छ।

प्रदर्शनमा सीमाविद वुद्धिनारायण श्रेष्ठ पनि सहभागि थिए। उनले नेपालमा अतिक्रमण भएको सीमाबारे जानकारी दिएका थिए।

संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका नेपालीले ज्ञापनपत्र पनि बुझाएका छन्। प्रदर्शनको संयोजन गरिरहेका पत्रकार प्रेम बानियाले संयुक्त राष्ट्रसंघलाई ज्ञापनपत्र पनि बुझाएको जानकारी दिएका छन्।

प्रकाशित मिति: ११:४१ बजे, बुधबार, माघ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्