Kathmandu Press

डाक्टरी पढ्न छात्रवृत्ति दिँदै स्थानीय सरकार

जुम्ला, माघ १ : जुम्लाको पातारासी गाउँपालिकाले डाक्टरी पढ्न छात्रवृत्ति दिने भएको छ।

पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअ....

डाक्टरी पढ्न छात्रवृत्ति दिँदै स्थानीय सरकार

जुम्ला, माघ १ : जुम्लाको पातारासी गाउँपालिकाले डाक्टरी पढ्न छात्रवृत्ति दिने भएको छ।

पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत चिकित्सा शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिन लागेको गाउँपलिका अध्यक्ष लक्षिमन बोहोराले बताए। ‘एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछौं,’ अध्यक्ष बोहराले भने, ‘गाउँपालिकामै चिकित्सक बनाउने हाम्रो लक्ष्य हो।’

यहाँका वासिन्दा आर्थिक रुपमा कमजोर छन्। जसले गर्दा चिकित्सा शिक्षा पढ्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। त्यसैले गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्न लागेको उनले बताए।

यससँगै प्राविधिक शिक्षामा पनि गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको छ। चालू आवमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए।

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ। उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम शुरु गरेको जनाएको छ।

पातारासीमा तीन हजार एक सय ७४ घरधुरीमा १७ हजार एक सय ३५ जना बसोबास गर्छन्। भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिका वासिन्दा आर्थिक रुपमा पनि कमजोर रहेका छन्।

 

प्रकाशित मिति: १०:३८ बजे, बुधबार, माघ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्