आज रातीदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ १ : आजबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्....

काठमाडौं, माघ १ : आजबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपात को सम्भावना रहेको छ ।
यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै देशको तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ साथै मध्य तथा पश्चिमी पहाडी भू भागका केहि स्थानमा सामान्य हुस्सु र कुहिरो लागिरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १ गते (बुधबार)
दिउँसो : देशको पुर्वी तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः पश्चिमी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
माघ २ गते (बिहिबार)
दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य बदली भई पुर्वी भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पुर्वी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।
रातीः देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा साथै उच्च पहाडी/हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।











