नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अल्मुताइरी उत्कृष्ट प्रशिक्षक घोषित

काठमाडाैं, फागुन २३ : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ मा अल्मुताइरी वर्षको उत्कृष्ठ प्रशिक्षक घाेषित भएका हुन।
मंगलबार एक कार्यक्रमका बीच उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिइएको हो । वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा भलिबलका जगदीशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारातेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका डेभ ह्वाटमोर थिए ।
पहिलो पटक नेपाललाई एसिया कप छनोटको तेस्रो चरणमा पुर्याएका अल्मुताइरी उनीहरूलाई उछिन्दै वर्षको उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन् ।
प्रकाशित मिति: १९:२० बजे, मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











