१६औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पूरा
एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन २३ गते मंगलबार काठमाडौंमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको नजाएको हो।
काठमाडौं, फागुन २२ : नेपाल एथलेटिक्स एसोसियसनले १६औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ।
एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन २३ गते मंगलबार काठमाडौंमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको नजाएको हो।
एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा हुने प्रतियोगितामा बिभिन्न ११ राष्ट्रका ६५ खेलाडीले प्रतिष्पर्धा गर्ने छन्।
जसमा सवैभन्दा धेरै नेपालका १९ खेलाडीको सहभागीता रहने एसोसियसनका अध्यक्ष राजीव विक्रम शाहले जानकारी दिए।
गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने उहाले बताए।
च्याम्पियनसिपका लागि एसियन एथलेटिक्सका अध्यक्ष जेनेरल दालान अ हमाद पनि नेपाल आएका छन्। पत्रकार सम्मेलनमा हमादले क्रस कन्ट्री च्याम्पियनसिप विश्वकै एक महत्वपूर्ण प्रतियोगीता रहेकाले सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे।
यस प्रतियोगिता नेपालले दोस्राेपटक आयोजना गर्ने लागेको हो। यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो।











