अनिमियता ठहर गर्दै कृषि विकास बैक न्युरोड शाखाका ८ कर्मचारी विरुद्ध मुद्दा दायर
काठमाडौं, पुस २९ : कृषि विकास बैंकको न्युरोड शाखाबाट चार करोड रुपैया हिनामिना भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध मुद्दा दायर....

काठमाडौं, पुस २९ : कृषि विकास बैंकको न्युरोड शाखाबाट चार करोड रुपैया हिनामिना भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
मंगलबार विषेश अदालतमा तत्कालीन कर्मचारी दीपिका रेग्मीसहित आठ जनाविरूद्ध आयोगले आर्थिक अनियमिततामा मुद्दा दर्ता गरेको हो। अख्द्यितयारले प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानी सहित आठ जनालाई उक्त प्रकरणमा दोशी ठहर गरि हदैसम्मको कारबाहीको माग गरेको छ।
आरोपीमध्ये रेग्मी, ढुंगेल र विष्टलाई जनही चार करोड ४२ लाख ७३ हजार ६११ रूपैयाँ बिगो मागिएको छ। घतानीलाई दुई करोड ६७ लाख ७५ हजार ४३५, गिरीलाई दुई करोड ६१ लाख १९ हजार ४१५ बिगो दावी माग गरिएको छ। यस्तै, रेग्मीसँग एक करोड १० लाख ३३ हजार १९६, मरहठ्ठासँग ६७ लाख २१ हजार र पाण्डेसँग चार लाख रूपैयाँ बिगो मागिएको छ।











