पृथ्वी राजमार्गको जामुने-खैरेनी खण्ड एकतर्फी सञ्चालन

दमौली, फागुन २२ : गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
आइतबार राति परेको वर्षाका कारण बाटो हिलाम्य हुँदा सडकमै गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो । बिहानदेखि एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको उहाँको भनाइ छ ।
पृथ्वी राजमार्ग विस्तारका लागि काम भइरहँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको छ ।
प्रकाशित मिति: १०:४० बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
