Kathmandu Press

वार्ता छोडेर कांग्रेस नेता पौडेल दिल्ली प्रस्थान 

काठमाडौं, पुस २९ : कांग्रेस वरिष्ठ नेता रामचन्दै पौडेल उपचारको लागि भन्दै भारतको राजधानी दिल्ली गएका छन्। 

कांग्रेसभित्र विवाद मिलाउनेग....

वार्ता छोडेर कांग्रेस नेता पौडेल दिल्ली प्रस्थान 

काठमाडौं, पुस २९ : कांग्रेस वरिष्ठ नेता रामचन्दै पौडेल उपचारको लागि भन्दै भारतको राजधानी दिल्ली गएका छन्। 

कांग्रेसभित्र विवाद मिलाउनेगरी छलफल भैरहेका बेला पौडेल अचानक मंगलबार बिहान दिल्ली उडेका हुन्। उनको पारिवारिक स्रोतका अनुसार दिल्लीमा उनको घोडाको बाथको उपचार गर्ने कार्यक्रम छ । त्यसका साथै उनले ‘होल वडि चेकअप’ पनि गर्ने तयारी गरेका छन्। 

तर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा सकरात्मक छलफल भैरहेका बेला पौडेलको दिल्ली प्रस्थानलाई केही कांग्रेस नेताहरुले भने आश्चर्यको रुपमा हेरेको बताएका छन्। ‘पार्टीको आन्तरिक विवाद सुन्झिने गरी अघि बढिरहेको बेला रामचन्द्र पौडेलको एक्कासी दिल्ली प्रस्थान अलि नमिल्दो देखिएको छ’ एक कांग्रेस केन्द्रिय सदस्यले बताए ।

यसअघि पार्टीको केन्द्रिय समितिको बहुमतबाट महाधिवेशनको कार्यतालिका लगायतका विषयमा भएको निर्णयप्रति पौडेलले असहमति राख्दै आएका छन्। उनले जिल्ला सभापति लगायत विभिन्न पक्षसँग पार्टीको आन्तरिक विवादका विषयमा परामर्श समेत गर्दैै आएका छन्। 
 

प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, पुस २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्