लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको ७–० को लज्जास्पद हार
गएराति भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २–२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल गरे । जितसँगै लिभरपुलले २५ खेलमा ४२ अङ्क जोडेको छ ।
काठमाडौं, फागुन २२ : इङ्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको छ ।
गएराति भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २–२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल गरे । जितसँगै लिभरपुलले २५ खेलमा ४२ अङ्क जोडेको छ ।
लिभरपुल पाँचौँ स्थानमा उक्लिएको छ । युनाइटेड ४९ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । गएराति नै भएको अर्को खेलमा नोटम फरेस्ट र इभर्टनले २–२ गोलको बराबरी खेलेका छन् ।
नोटम फरेस्ट २६ अङ्कसहित १४औँ र इभर्टन २२ अङ्कसहित १८औँ स्थानमा छन् ।
प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार