Kathmandu Press

ए डिभिजन लिग फुटबल : आर्मी र संकटा बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन्।
ए डिभिजन लिग फुटबल : आर्मी र संकटा बराबरी

काठमाडौं, फागुन २१ :  सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामाअन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन्।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो। बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १–१ अंक बाडेका छन्।

यस्तै आइतबार नै ललितपुरको च्यासल रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

खेलको ४५ औं मिनेटमा दीपक राज ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा निकोलस सङले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए।  यस जितसँगै सातदोबाटोले ३ अंक जोडेको छ।

प्रकाशित मिति: १८:११ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्