Kathmandu Press

पिएनजीविरुद्ध युएई ९७ रनमै अलआउट

टस जितेर पिएनजीले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको युएई २६.२ ओभरमा ९७ रनमै अलआउट भयो । राम्रो सुरुआत गरेपनि मध्य र तल्लोक्रम चल्न नसक्दा युएई सस्तैमा समेटियो।
पिएनजीविरुद्ध युएई ९७ रनमै अलआउट

काठमाडाैं, फागुन २१ : आईसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएई ९७ रनमै अलआउट भएको छ। दुबई इन्टरनेशल क्रिकेट मैदानमा आइबार भएको खेलमा युएई पपुवा न्युगिनीसँग ९७ रनमा आउआट भएको हो।

टस जितेर पिएनजीले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको युएई २६.२ ओभरमा ९७ रनमै अलआउट भयो । राम्रो सुरुआत गरेपनि मध्य र तल्लोक्रम चल्न नसक्दा युएई सस्तैमा समेटियो।

युएईले १८.४ ओभर ७६ रन बनाउँदा ३ विकेट गुमाएको थियो। त्यसपछि लगातार विकेट जाँदा युएई सस्तैमा रोकियो । उसका सूरुआती ४ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। 

उसका भृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९, आसिफ खानले ११ र चुन्दनगापोइ रिजवानले १० रन बनाउनु बाहेक अन्यले रोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उसका ४ ब्याट्सम्यान डकआउट भएका थिए। 

युएई सस्तैमा समेट्ने क्रममा रिले हेकुरेले घातक बलिङ गरे। उनले ४.३ ओभरमा १ मेडनसहित १३ रनमात्र खर्चेर ५ विकेट लिए। यस्तै, चाद सुपरले ३ तथा चाल्र्स मिनीले १ विकेट लिए।

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्