Kathmandu Press

क्यामरुनी क्लबले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

क्यामरुनी क्लबले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

काठमाडाैं, फागुन २० : २३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ । धरान १६ स्थित रंगशालामा भएको फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–०ले हराउँदै एभिनियरले उपाधि जितेको हो।

एभिनियरको जितमा सब्बा अलीले खेलको ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

विजेता टिमले नगद रु १० लाख र उपविजेता काँकडभिट्टाले पाँच लाख पुरस्कार पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने केएफटिसीका निशान लिम्बूले २५ हजार पुरस्कार प्राप्त गरे। उनले प्रतियोगिताभर तीन गोल गरेका थिए।

त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापामगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भए।

प्रकाशित मिति: २०:५२ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्