Kathmandu Press

हिमालयन शेर्पासँग रोकियो मनाङ

लिगअन्तर्गत शनिबार साँझ दशरद रंगशालामा भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा मनाङ हिमालयन शेर्पासँग १–१को बराबरीमा रोकिएको हो।
हिमालयन शेर्पासँग रोकियो मनाङ

काठमाडाैं, फागुन २० : ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी यो सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ। लिगअन्तर्गत शनिबार साँझ दशरद रंगशालामा भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा मनाङ हिमालयन शेर्पासँग १–१को बराबरीमा रोकिएको हो।

सिरिनियर खेलाडीहरुले क्लब छाडेपछि नयाँ खेलाडीलाई समेटेको मनाङले खेलको १४औं मिनेटमा अग्रता लियो । उसका रोशन रानामगरको गोल गरेका थिए। तर, खेलको अन्त्यतिर सम्हालिन नसक्दा मनाङले २ अंक गुमायो ।

८५औं मिनेटमा हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औं मिनेट गोल गदैृ खेललाई बराबरीमा ल्याए।

लिगमा आइतबार तीन खेल हुने छन् । दिउँसो २ बजे च्यासल मैदानमा एनआरटी र सातदोबाटो युथ क्लब भीड्दा सोही समय दशरथ रंगशालामा त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच खेल हुनेछ।

यस्तै, साँझ साढे ५ बजे दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन मछिन्द्रले जावलाखेल युथ क्लबसँग खेल्ने छ।

प्रकाशित मिति: २०:२८ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्