Kathmandu Press

यसरी समातिए सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवक

काठमाडौं, पुस २९ : सार्वजनिक बसमा अश्लिल हर्कत गरेको आरोपमा एक युवकलाई एक वर्षपछि समातेको छ। उनलाई मंगलबार महानगरीय अपराध महाशाखाले सार्वजनिक गरेको छ।....

यसरी समातिए सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवक

काठमाडौं, पुस २९ : सार्वजनिक बसमा अश्लिल हर्कत गरेको आरोपमा एक युवकलाई एक वर्षपछि समातेको छ। उनलाई मंगलबार महानगरीय अपराध महाशाखाले सार्वजनिक गरेको छ।

सार्वजनिक बसमा अश्लिल हर्कत गरेको आरोपमा प्रहरीले रविन रुचाललाई पक्राउ गरेको हो। तनहुँ घर भएका उनी काठमाडौंको बानेश्वरमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, उनी काठमाडौंमा रिक्सा चलाउथे। यूट्यूबमा भ्यूअर बढाउने भन्दै उनले सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो अपलोड गरेका थिए।

त्यो भिडियोको चर्को आलोचना भएपछि प्रहरीले उनको खोजी गरेको थियो। त्यसपछि उनी काठमाडौंबाट भागेको थिए।

पक्राउ पर्ने डरले उनी काठमाडौंबाट भारततिर भागेको महाशाखाका एसएसपी सहकुल थापाले बताए। उनी दिल्ली पुगेका थिए। दिल्लीमा तीन महिना मःम पसलमा काम गरेका थिए।

त्यसपछि उनी भारतको काश्मीर पुगेको एसएसपी थापाले बताए। केही महिना त्यहाँ बसेर फेरि दिल्ली फर्किएका थिए।

दिल्लीबाट एक महिना अघि मात्रै चितवन आएको एसएसपी थापाले बताए। उनी चितवन आएको खबर पाएपछि प्रहरी टोली खटिएको थियो। उनलाई सोमबार चितवनमा पक्राउ गरेर काठमाडौं ल्याइएको हो।

यससम्बन्धी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १३:२९ बजे, मंगलबार, पुस २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्