संकटा फुटबल क्लबलाई खेल पोसाक कम्पनी युक्यानकाे प्रायोजन
युक्यानले संकटालाई एक वर्षको लागि प्रायोजन गरेको हो। युक्यानले किट पार्टनरको रुपमा संकटालाई प्रायोजन गरेको हो।
काठमाडौं, फागुन २० : सहिद स्मारक ’ए’ डिभिजन क्लब संकटा फुटबल क्लबलाई खेल पोसाक कम्पनी युक्यानले प्रायोजन गरेको छ।
युक्यानले संकटालाई एक वर्षको लागि प्रायोजन गरेको हो। युक्यानले किट पार्टनरको रुपमा संकटालाई प्रायोजन गरेको हो। युक्यानका सिईओ राजन महर्जन र संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौतासँगै संकटाले ’ए’ डिभिजन लिगमा युक्यानको खेल पोशाक लगाउने छ। कार्यक्रममा संकटा नयाँ सिजनको लिगमा लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो।
यस्तै संकटाले स्टाइलिस पार्टनरको रुपमा निल डेभिड सलुनसँग सम्झौता गरेको छ। संकटाका अध्यक्ष तुलाधर र निल डेभिडका अनुराग कँडेलबीच सम्झौतामा हस्ताक्षर भयो।
प्रकाशित मिति: १७:१७ बजे, शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











