नाट्टा अध्यक्षका लागि गुरागाई, पन्त र शाह प्रतिस्पर्धामा
काठमाडौं, पुस २९ : नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)को अध्यक्षका लागि तीन जना भिड्ने भएका छन्। माघ ३ गते हुने ५३औं वार्षिक साधारणसभा....

काठमाडौं, पुस २९ : नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)को अध्यक्षका लागि तीन जना भिड्ने भएका छन्। माघ ३ गते हुने ५३औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ।
नाट्टा अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई, पूर्वमहासचिव भीमप्रसाद पन्त र मिहिका राज्य लक्ष्मी शाह धाख्वा उम्मेदवार रहेका छन्। उनीहरूले प्यानलनै बनाएका छन्।
साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। चार सय ९८ सदस्य रहेको नाट्टाको नयाँ कार्यसमितिका लागि नेकपा निकट व्यवयायीको एक समूह तथा कांग्रेस निकट व्यवसायीको दुई समूह बनेका छन्।
गुरागाई समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिवमा राकेश धमला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले उम्मेदवारी दिएका छन्। सदस्यहरूमा सुवास महर्जन, परशुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल र रमेश थापाले मनोनयन दर्ता गरेका छन्।
त्यस्तै, पन्त समूहको वरिष्ठ उपाध्यक्षमा विनय वस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधिरकुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ र सह–कोषाध्यक्षमा युविका भण्डारीले उम्मेदवारी दिएकी छन्। सदस्यहरूमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल (रेजु), सुवर्ण श्रेष्ठ, रामशोभित नायक, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा र चुडाबहादुर जिम्बाले मनोनयन दर्ता गरेका छन।
यसैगरि, शाहको समूहको वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ र सहकोषाध्यक्षमा फूदोमा शेर्पा उम्मेदवार रहेका छन्। सदस्यहरूमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सृजना महर्जन र राजकुमार देवकोटाले मनोनयन दर्ता गरेका छन्।
नाट्टाको १९ सदस्यीय कार्यसमितिमा १५ जनाको लागि निर्वाचन हुनेछ। जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, दुई जना महिला सदस्य र ६ जना सदस्य रहेका छन्। निर्वतमान अध्यक्ष, प्रदेश अध्यक्षमध्येबाट एक जना प्रादेशिक अध्यक्ष रहनेछ भने दुई जना मनोनित सदस्य गरि १९ कार्यसमिति रहनेछ।
नाट्टाका अध्यक्ष सिएन पाण्डेका अनुसार प्रदेश २ बाहेक अन्य प्रदेशमा प्रदेश समिति रहेको छ।











