स्कारपियोले ढोका खोल्दा ठोक्कियो मोटरसाइकल, एकको मृत्यु, एक घाइते
काठमाडौं, पुस २९ : सडकबीचमा रोकिएको स्कारपियोले ढोका खोल्दा मोटरसाइकल ठोक्किएको छ। ढोकामा ठोक्किएर अर्को दिशाबाट आइरहेको गाडीमा ठोक्किँदा एक जनाको मृत....

काठमाडौं, पुस २९ : सडकबीचमा रोकिएको स्कारपियोले ढोका खोल्दा मोटरसाइकल ठोक्किएको छ। ढोकामा ठोक्किएर अर्को दिशाबाट आइरहेको गाडीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ।
काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा ६४ प ६८०९ नम्बरको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा स्कारपियोमा ठोक्किएको प्रहरीले जनाएको छ।
उनीसँगै मोटरसाइकलमा सवार मेलम्चीकै सागर श्रेष्ठ घाइते भएका छन्। उनको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए।
प्रहरीका अनुसार उक्त मोटरसाइकल नेपाली नम्बरप्लेट र भारतीय नम्बरप्लेट रहेको दुई स्किारपियोमा ठोक्किएर दुर्घटना भएको हो।
चाबहिलबाट साँखु जाँदै गरेको बा १६ च ८७७० नम्बरको स्कारपियो सडकको बीचमा रोकिराखेको थियो। रोकिएको स्किारपियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर ०६ पिडी ४०५९ नम्बरको भारतीय स्कारपियोले थप ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुवै स्किारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूसँग सोधपुछ भइरहेको जनाएको छ।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


