Kathmandu Press

संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग गर्दै प्रदर्शन

विवादित मेडिकल व्यवसाथी दुर्गा प्रसाईं नेतृत्वको महाभियानले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो।
संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग गर्दै प्रदर्शन

काठमाडौं, फागुन २० : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

विवादित मेडिकल व्यवसाथी दुर्गा प्रसाईं नेतृत्वको महाभियानले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो। प्रदर्शनमा विभिन्न संघसंस्थाले समर्थन र सहभागिता रहेको आयोजकले जनाएको छ। राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत वक्ताहरुले सम्बोधन गर्ने जनाइएकाे छ।

Hardik ivf

प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन्। प्रसाईंले लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्नेलगायत एजेन्डा राखेर आन्दोलन सुरु गरेका हुन्।

पूर्वराजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईंको अभियानले भैरहवालगायतका देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ। 

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्