Kathmandu Press

विप्लवका केन्द्रीय नेतासहित १६ कार्यकर्ता जेल चलान

बाजुरा, पुस २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणि ओलीसहित १६ नेता–कार्यकर्तालाई पुर्पक्षका लागि का....

विप्लवका केन्द्रीय नेतासहित १६ कार्यकर्ता जेल चलान
फाइल फाेटाे

बाजुरा, पुस २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणि ओलीसहित १६ नेता–कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार, उनीहरुलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुलाई कात्तिक २२ गते गौमुल गाउँपालिकाको माझपालीबाट पक्राउ गरिएको थियो। ओलीसहित पक्राउ पर्नेमा नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन्।

उनीहरूमध्ये ११ जना पुरुषलाई बाजुरा र पाँच जना महिलालाई अछाम कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए।

रोल्पा गङ्गादेव–३ झ्याम घर भएका ओली विप्लव समूहका न्याय विभाग प्रमुख हुन्। यसअघि उनी वैशाख ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीबाट पक्राउ परेका थिए।

उनलाई दाङबाट सुनसरी पु¥याएको थियो। ८० दिनको हिरासत बसाइँपछि जिल्ला अदालत सुनसरीले असार २३ गते रिहा गरेको थियो।

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, पुस २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्