विप्लव कार्यकर्ताद्वारा काठमाडौंमै एनसेलका टावरमा आगजनी
काठमाडौं, पुस २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले काठमाडौंमै एनसेलका टावरमाथि आगजनी गरेको छ।
गएराति का....

काठमाडौं, पुस २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले काठमाडौंमै एनसेलका टावरमाथि आगजनी गरेको छ।
गएराति काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी गरिएको हो।
आगजनीबाट दुवै टावरमा क्षति पुगेको एनसेल जनाएको छ। जसले गर्द त्यस वरपरको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ।
एनसेल टावरमा गरिएको आगजनीको नेकपाले जिम्मा लिएको छैन। विप्लवकै कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ।
यस अघि पनि नेकपा कार्यकर्ताले देशका विभिन्न भागमा एनसेलका टावरमाथि आगजनी गरेको थियो।
प्रकाशित मिति: ११:४३ बजे, मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


